एकसाता भित्र  मलेसियामा ४ नेपालीको मृत्युु  

क्वालालम्पुर,चैत २२- मलेसियामा यो साता ४ जना नेपालीले ज्यान गुमाएका छन्  । गत मङलबार भएको सवारी दुर्घटनामा २ जना नेपालीको ज्यान गएको थियो भने अन्य दुर्इ जनाको आकस्मिक मृत्युु भएको हो । मलेसियाको काजाग भन्ने ठाऊमा मंगलबार राती भएको सवारी दुर्घटनामा गोरखा बुङकोटका अन्दाजी  ३४ वर्षका रामशरण थापा र मोरङ सलकपुर घर भएका अन्दाजी २४ वर्षका लोकमान कार्कीले ज्यान गुमाए । पाँचजना चढेको कार सडक दुर्घटनामा परेको हो । घाईते भएका अन्य तीन जनाको काजाग अस्पतालमा उपचार गरीएको थियो । दुबै जनाको शव सेर्डाङ् अस्पतालमा पोष्टमार्टम गरीएको छ । 

यस्तै ड्युटी जाँदै गर्दा बाटोमा लडेर अर्का एक नेपालीको घटनास्थलमै ज्यान गएको छ । मलेसियाको क्वालालम्पुर नजिकै किरिन्चीमा बिहीबार बिहान करिव सात वजे ड्युटी हिंडेका निस्दि ३, वाग्लुङका ३५ वर्षिय धनबहादुर वुढा मगरको घटनास्थलमै ज्यान गएको हो । काम गर्नको लागि कम्पनी तर्फ जाने गाडी चढ्न लाग्दा उनी सडकमा एक्कासी लडेका थिए ।   घटनास्थलमै उनको ज्यान गएको बताइएको छ । वुढा मगर छ महिना अगाडि मात्र मलेसिया आएका थिए । बुढामगर, आरसी इन्जीनियरिङ कम्पनीमा कन्ट्रक्सनको काम गर्दै आएका थिए । उनको शव क्वालालम्पुरस्थित यूनिभर्सिटी अस्पतालमा पोष्टमार्टम गरीएको छ । 

त्यसैगरी मलेसियाको जोहर राज्यको पीटीपीमा रहेको फ्लेक्सट्रोनिक कम्पनीमा कार्यरत बर्दियाका सोम बहादुर मगरको सुतेको अवस्थामै मृत्यु भएको छ । ड्यूटीबाट फर्केर कोठामा सकुशल सुतेका मगर शनिबार बिहान अबेरसम्म नउठेपछि उनलाई बोलाउन गएका साथीले मृत अवस्थामा भेटेको उनकै कम्पनीमा कार्यरत मोरङका कमल आचार्यले जानकारी दिए । मगरको शव जोहरको सुल्तान अस्पतालमा पोष्ट मार्टम भैसकेको छ । पछिल्लो समय मलेसियामा सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय