मलेसियामा श्रमिकका अधिकार सम्वन्धि सचेतना 

२२ चैत, क्वालालम्पुर 

प्रवासी नेपाली समन्वय समितीको आयोजनामा मलेसियाको विभिन्न स्थानहरुमा नेपाली श्रमिकहरुसंग अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भएको छ । कार्यक्रममा मलेसियामा रहदा ध्यान दिनु पर्ने कुराहरु,आपतविपत आईपर्दा कसरी कानुनी उपाय पाउन सकिन्छ, श्रमिकका अधिकारहरु के के छन, नेपाल तथा मलेसियामा कहाा कहा उजुरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । साथै सोहि कार्यक्रममा मलेसियामा हराईरहेका नेपालीहरु तथा नेपाली श्रमिकहरुले भोग्नु परेका समस्याहरुको वारेमा तयार पारिएको वृतचित्र समेत प्रस्तुत गरिएको थियो । 

अप्रिल ३ तारिख आईतवारका दिन जोहोरवारुको देशाचेम्वरलाग र स्कुडाईमा भएको कार्यक्रममा करीव डेढ सय नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पिएनसिसि मलेसियाका वाह्य अधिकृत रामचन्द्र नेपाल, एनएसआईका कार्यकारी निर्देशक एडरिन, पत्रकार रवि भटट, पिएनसिसिका सामाजिक परिचालक नारायण गिरी लगायतकाले विभिन्न विषयमा जानकारी दिएका थिए । पिएनसिसिले मलेसियाका विभिन्न स्थानहरुमा यस्तै सचेतना मुलक कार्यक्रमहरु गर्दे आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय