मलेसियामा दुर्घटनामा परेर दुई नेपालीको मृत्यु

क्वालालम्पुर- मलेसियामा कार दुर्घटनामा परी दुई जना नेपाली युवाको मृत्यु भएको छ । यहाास्थित काजाङको ‘मेट्रो काजाङ’ क्षेत्रको एक सडक खण्डमा मंगलबार राती भएको दुर्घटनामा परि गोरखा बुङकोटका अन्दाजी ३४ वर्षीय रामशरण थापा र सलकपुर, मोरङ घर भई काजाङ क्षेत्रमै कार्यरत २४ वर्षीय लोकमान कार्कीको मृत्यु भएको त्यहाास्थित नेपाली व्यवसायी किरण बजगााईले कान्तिपुरलाई बताए ।

उनीहरु काजाङमै व्यवसायमा संलग्न थिए । मंगलबार मध्यराती ५ जना नेपाली सवार  कार दुर्घटनामा परेको हो । घटनाबारे प्रहरीमार्फत बुधबार बिहान मात्रै खबर थाहा पाइएको किरणले बताए । घटनाबारे मृतकका नेपालस्थित परिवारलाई खबर गरिसकीएको बताइएको छ ।

घटनामा अन्य तीन जना नेपाली घाइते भएका छन् । उनका अनुसार दुईजनाको अवस्था गम्भिर रहेको र उनीहरुको काजाङस्थित अस्पतालमा उपचार भइरहेको छ । उनीहरुबारे विस्तृत जानकारी पाउन सकीएको छैन ।

किरणका अनुसार मध्यरातमा भएको उक्त घटनाका घाइतेमध्ये एकजना डिस्चार्ज भइसकेका छन् । मृतक दुई नेपालीको शवलाई भने पोष्टमार्टमपछि हाल सेरडाङस्थित अस्पतालमा राखीएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय