सिरहामा लाग्यो नाराः फ्रिभिसा, फ्रिटिकटबाट पछि नहट सरकार 

 

राजकुमार महतो, सिरहा 

वैदेशिक रोजगारमा बददै गएको ठगीलाई नियन्त्रण गर्नका लागि सिरहामा बैदेशिक रोजगारीबाट फर्केकाहरु र आप्रवासी कामदारका परिवारले आवाज उठाएका छन् । 

यसै सन्दर्भमा सिरहामा बैदेशिक रोजगारमा जानेहरुलाई ठग्ने म्यानपावर कम्पनीहरुलाई गरेको पुलिस कारवाही तिव्र गर, फ्रिभिसा फ्रि टिकटबाट सरकार पछि नहटन भन्दै उनीहरुले नाराजुलुस सहित र्याली आयोजना गरे । 

बैदेशिक रोजगारीबाट फर्केका कामदारहरुके नेतृत्वमा सुरु भएको र्याली नगरको बिभिन्न भाग घुमेर जिल्ला प्रशासन कार्यलयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो । उनीहरुले प्रहरीको कामको सराहना गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेर धन्यवादपत्र समेत बुझाएका थिए । 

हेर्नुहोस् केहि तस्वीरहरु

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय