लक्ष्मण खनाल युएई- युएई मा बेपत्ता भनिएका काठमाडौ महानगरपालिका ७ का अनुज भट्ट नेपाल फर्किएका छन । मानसिक अवस्था असन्तुलन भएका उनलाई स्याङ्गजा सहयोग समाज युएईको विशेष पहलमा मंगलबार नेपाल पठाइएको हो । विगत ६ महिना पहिले कुबेती फुड कम्पनीमा वेटरको रुपमा आएका उनी युएई आए देखी सम्पर्कविहिन थिए ।
के भएको थियो र कसरी भेटिए उनी ?
बैदेशिक रोजगारीको लागि कुबेती फुड कम्पनीमा विगत ६ महिना पहिले आएका अनुज भट्ट युएई आए देखी नै सम्पर्कविहिन भएका थिए । उनी सम्पर्कविहिन भएपछि घर परिवारले खोजी कार्य गरिरहेका थिए तर उनको कुनै सम्पर्क भेटिएको थिएन । एक दिन उनको दिदी आरती भट्ट (काठमाडौ बस्ने) एक जना युएईको स्थानीय अरबीले फोन गरेर अनुज भेटिएको खवर दिएका थिए ।
उनकी दिदी आरतीले अफ्नो आफन्त पर्ने युएईमा रहेका कृष्ण खड्कालाई फोन गरेर अरवीको सम्पर्क नम्बर दिएकी थिइन । कृष्ण खड्काले अरबीसंग सम्पर्क गरी अनुजलाई युएईको शारजाहमामा भेटी आफ्नो कोठामा लिएर गएका थिए ।
अनुजलाई अरविले शारजाहमा एक निर्माणधिन भवनको एउटा कुनामा भेटेका थिए । मानसिक अवस्था ठिक नभएका उनलाई निज अरबीले हेर्दा अनुजको खल्तीका उनकी दिदीको सम्पर्क नम्बर पाएर अरबीले नेपाल फोन गरेका थिए ।
उनी भेटिएपछि नेपाल जानको लागि उनको पासपोर्ट पनि थिएन र कम्पनीको विवरण पनि केही थिएन । नेपाल पठाउने प्रक्रिया थाहा नभएका उनी विभिन्न माध्यमबाट स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष कृष्ण न्यौपानेको सम्पर्कमा आएका थिए ।
आफ्नो सम्पर्कमा आए पछि न्यौपानेले नेपालबाट उनको पासपोर्ट कपी मगाएर कम्पनीको खोजी गर्न थाले । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको उद्धार समिति संयोजक रमेश श्रेष्ठसंग समन्वय गरि उनको कम्पनी पत्ता लगाउन सफल भए ।

कम्पनी पत्ता लागेपछि उनी न्यौपाने उनलाई लिएर कम्पनी पुगे तर कम्पनीले आफ्नो सम्पर्कमा नरहेको कारणले अवैधानिक अनि युएईको सिआइडिमा पासपोर्ट बुझाएको जानकारी दियो । त्यसपछि कृष्ण न्यौपाने, कृष्ण खड्का र प्रदिप भट्टराईले उनलाई नेपाली दुतावास अबुधावी लगेर युएईबाट नेपाल जानको लागि आउट पासको लागि सिफारिस गरे । दुतावासबाट आउट पासको लागि पत्र तयार गरिदियो ।

मानसिक अवस्था ठिक नभएका उनलाई नेपालसम्मको यात्रामा सहयोगीको आवश्यकता पर्ने हुनाले उनका आफन्त पर्ने कृष्ण खड्का त्यसका लागि राजी भए । दुतावासको पत्र पाएपछि बाँकी प्रक्रियाको लागि कृष्ण न्यौपानेले अनुजलाई युएईको अध्यागमन विभागको शाखा अभिरमा लिएर गए ।
एकहप्ता लामो प्रक्रिया र कागताजको प्रमाणीकरण भएपछि मंगलवार विहान अनुप भट्ट र कृष्ण खड्कालाई दुबइको मक्तुम अन्र्तराष्ट्रिय विमान स्थलमा पु¥याएर आएको स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए । अनुज लाई नेपाल पु¥याएर उपचार गरिने कुरा कृष्ण खड्काले जानकारी दिएका छन् ।