
काठमाडौं -नेपाली पासपोर्टवाहक संसारभर सहजरूपमा आवागमन गर्न पाउनेको सूचीमा ९८ औं स्थानमा परेका छन् । विश्वभर सहज आवागमनबारे सूची तयार गर्ने हेन्ली एन्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपाल अन्तिमबाट छैटौँ स्थानमा परेको छ ।
नेपालसँगै इरिट्रिया, इथियोपिया, इरान, प्यालेस्टाइन भूभाग र सुडान छन् । नेपाल ३७ अंकका साथ ९८ औं स्थानमा छ । उक्त कम्पनीले अनअराइभल भिसा दिने देशको आधारमा पासपोर्ट वर्गीकरण गर्ने गरेको छ । सबैभन्दा अन्तिममा अफगानिस्तान छ । त्यसपछि पाकिस्तान, इराक, सोमालिया, सिरिया, लिबिया छन् । दक्षिण एसियामा सबैभन्दा शीर्ष स्थानमा ९५८ औं० माल्दिभ्स छ । माल्दिभ्सको ८० अंक छ । ५२ अंकका साथ भारतको ८५, ५१ अंकका साथ भुटान ५३ र ३९ औं अंकका साथ श्रीलंका ९७ औं स्थानमा छ ।
कम्पनीले १ सय ९९ वटा देशको सूची जारी गरेको छ । त्यसमा धेरैवटा देश एकै समूहमा परेका छन् । सूचीको शीर्ष स्थानमा १ सय ७२ अंकका साथ जर्मनी छ । त्यसैगरी स्विडेन दोस्रो स्थानमा छ । तेस्रो स्थानमा संयुक्त रुपमा फिनल्यान्ड, फ्रान्स, इटली, स्पेन र संयुक्त अधिराज्य छन् । चौथो स्थानमा बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिका छ । पाँचौं स्थानमा अस्ट्रेलिया, जापान र सिंगापुर छ ।
नागरिकबाट