म्यानपावर व्यवसायीले बोलाए भेला, आन्दोलन अझ कडा बनाउने उद्धेश्य

काठमाडौं, चैत्र १४- सरकारविरुद्ध भद्र अवज्ञाको नाममा कामदार विदेश पठाउन रोकेर बसेका म्यानपावर व्यवसायीहरुले आन्दोलनलाई अझ सशक्त बनाउने भएका छन् । त्यसका लागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघले विहिवारका लागि राजधानीमा भेला बोलाएको छ । 

 संघका महासचिव रोहन गुरुंगले भेलामा सम्पूर्ण व्यवसायीलाई सहभागि हुन आव्हान गरेका छन् । आफूहरुले आफ्नै खर्र्चमा खाडीका देश र मलेसिया पुगेर रोजगारी खोेज्दै नेपाली युवालाई विदेश पठाइरहे पनि राज्यले आतंकित बनाउने काम गरेको संघद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । आफूहरुले रोजगारीको वातावरण बनाइरहेको अवस्थामा संरक्षण र व्यवस्थापन गर्नुको साटो राज्य पक्षले आतंकित बनाएको भन्दै संघले खेद प्रकट गरेको छ । 

हाल नेपालमा उद्योग, कलकारखाना थोरै मात्र सञ्चालनमा रहेको र स्वदेशमा रोजगारीको अवशर कम भएको अवस्था रहेको विज्ञप्तीमा उल्लेख छ । हाल ६० प्रतिशत घरधुरीमा प्रत्यक्ष रुपमा रेमिट्यान्स पुगिरहेको भन्दै त्यो खुसीका कुरा भनें नभएको संघले जनाएको छ ।     

हेर्नुहोस् संघद्धारा जारी विज्ञप्ती

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय