सप्तरी, चैत्र १३- सबल नेपाल, सप्तरी अन्तरगत सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले प्रहरीहरुलाई सुरक्षित आप्रवासन सम्वन्धि अभिमुखिकरण सम्पन्न गरेको छ । सो अभिमुखिकरणमा जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीका प्रमुख तथा मुद्दाफाँटका जिम्मेवार प्रहरी गरी ६७ जना सहभागि थिए ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीको समन्वयमा आयेजित सो अभिमुखिकरणमा प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले बैदेशिक रोजगार ऐन २०६४ ले गरेको कानुनी प्रावधान र वैदेशिक रोजगारसम्वन्धि हुने ठगीमा स्थानीय स्तरमा न्याय सम्पादनका लागि प्रहरीको भूमिकाका बारेमा सहजीकरण गरेका थिए ।
यसैगरी कार्यक्रमको उद्देश्य तथा पृष्ठभुमिका बारेमा सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत विजय ठाकुरले प्रष्ट पारेका थिए । जिल्लाको आप्रवासन अवस्था तथा सामी परियोजनाले जिल्लामा गरिरहेको कृयाकलापका बारेमा जिल्ला परियोजना संयोजक देव नारायाण चौधरी तथा सूचना तथा परामर्श केन्द्रले गर्ने काम तथा दिएका सेवावारे परियोजना संयोजक रामप्रमेश मण्डलले जानारी गराएका थिए ।
सो अवशरमा सप्तरी जिल्लामा सूचना तथा परामर्श केन्द्रमा सहयोगका लागि दर्ता भएका उजुरीहरु उपर स्थानिय तथा राष्ट्रिय स्तरमा गरेका छलफल तथा समन्वय मार्फत ८ लाख ९५ हजार पिडितलाई दिलाएको सवल नेपालका परियोजना संयोजक अशोक साहले जानकारी गराए ।