आगलागिमा ४ सय नेपालीको पासपोर्ट जल्यो, परिचयपत्र समेत नहुँदा कामदारलाई समस्या

सुदिप निउरे,चैत १३,क्वालालम्पुर

दुई साता अघि मलेसियाको एक कम्पनिमा आगलागी हुदा ४ सय ८ जना नेपालीको राहदानी जलेर नष्ट भएको खुल्न आएको छ । जोहोरवारु राज्यमा अबस्थित ईको सप मार्केटिंग नामक कम्पनिमा भएको आगलागीमा यति ठुलो संख्यामा राजदानी जल्न पुगेको कम्पनिका नेपाली सुपरभाईजर शैलेन्द्र चौधरीले जानकारी दिए । मानबिय क्षति केहि नभएपनि ठुलो संख्यामा नेपाली कामदारहरुको बैधानिक हैसियत राख्ने आधार आगलागीमा परि नष्ट हुन पुगेको हो ।

सो कम्पनिमा ४ सय १५ जना नेपाली कामदार भएपनि अन्य ७ जनाको राहदानी काम बिषेशले कम्पनि बाहीर लगिएको हुनाले सुरक्षित रहेको छ । आगलागी पछि अहिले सम्म नेपाली खाली हात बस्न बाध्य छन् । नेपाली कामदार बस्ने १६ वटा होस्टल समेत जलेर क्षतिग्रस्त भएकाले उनीहरुलाई खानबस्नको समेत समस्या परेको चौधरीले बताए । कम्पनि प्रशासनले सबै कामदारको भिसा तथा पासपोर्टको बस्दोबस्त गरिदिने आश्वासन दिएपनि कामदार भने अन्यौलमा छन् ।

४३ जना कामदारको साथमा राहदानीको प्रतिलिपी समेत नभएको तथा केहिको नागरिता पनि हराएको हुनाले नया राहदानी बनाउन समस्या हुने देखिएको छ । आगलागीका कारण खानबस्न मात्र होईन आप्रवासी कामदारले बोक्नै पर्ने परिचय पत्र समेत नहुदा झनै अप्ठेरो परेको उनीहरु बताउंछन । आफुहरु अत्यन्तै समस्यामा परेको भन्दै समस्याको समाधान गरिदिन उनीहरुले मलेसियास्थित नेपाली राजदुतावाससंग अपिल गरेका छन् ।

ईको सप मार्केटिंग मलेसिया भरी २ सय भन्दा बढी शाखा भएको सस्तो मार्केट अन्र्तगत पर्दछ । जस्को मुख्य गोदाममा बिद्युत सर्ट हुदा आगलागी भएको यहांका संचारमाध्यमले जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय