संगठित भएपछि घरेलु श्रमिकले धेरै अधिकार पाए 

काठमाडौं, चैत्र १२- नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले घरेलु श्रमिकका मुद्धा विषयक छलफल कार्यक्रम आयोजना गरेको छ । छलफलमा ५५ जना घरेलु श्रमिक सहभागि भए ।  

कार्यक्रमको उद्घाटन गर्दै जिफन्टका महासचिव विष्णु लम्सालले नेपालमा घरेलु कामदार संगठित भएर महत्वपूर्ण सफलता हात पारिरहेको बताए । उनले श्रम ऐनको प्रस्तावित मस्यौदामा घरेलु श्रमिकका बारेमा पनि केहि विषय समेटिन सफल भएको भन्दै त्यो पर्याप्त भनें नभएको बताए । 

महासचिव लम्सालले घरेलु श्रमिकको अवस्था नेपालमा पनि दयनिय रहेको भन्दै उनीहरुको कार्यसमय नतोकिनु र न्यूनतम ज्याला समेत नपाउनु मुख्य समस्या रहेको धारणा राखे । संगठन नै शक्ति हुने र श्रमिक संगठित भएपछि मात्र अधिकार प्राप्त हुने भन्दै महासचिव लम्सालले त्यसका लागि धेरै भन्दा धेरै सदस्य बनाउनु आवश्यक रहेको बताए । 

घरेलु श्रमिकहरु संगठित भएपछि राज्यले पनि उनीहरुको प्रतिनिधित्व गराउन थालेको भन्दै हुनले आइएलओको नीति निर्माणका लागि गरिने छलफलमा समेत सहभागिता जनाउन पाउनु ठूलो उपलव्धी भएको महासचिव लम्सालको भनाई थियो । 

अव नेपालमा आइएलओ महासन्धि १८९ अनुमोदन गराउन सरकारलाई दवाव दिन आवश्यक रहेको भन्दै महासचिव लम्सालले त्यसका लागि अघि बढ्न हुनलाई आग्रह गरे । उनले घरेलु श्रमिकहरु आफैं संगठित भएर अगाडी बढेमा मात्र थप उपलव्धी हासिल हुने भन्दै अधिकार अरु कसैले नल्याईदिने बताए । 

सो अवशरमा अन्तराष्ट्रिय घरेलु श्रमिक महासंघ(आइडीडव्लुएफ) का महासचिव एलिजाबेथ टाङ्गले नेपालमा घरेलु श्रमिकलाई श्रम कानूनले समेट्न लागेकोमा खुशी व्यक्त गरिन् । उनले आफ्नो महासंघ संसारका विभिन्न देशका घरेलु श्रमिकको अधिकारका लागि लडिरहेको भन्दै आफ्नो देशको समस्या समाधानका लागि स्वयं त्यहि देशका श्रमिक लाग्नुपर्ने बताइन् । नेपालमा घरेलु श्रमिकको समस्या समाधानका लागि जिफन्टले गरिरहेको प्रयासको उनले सराहना गर्दै कानून मार्फत घरेलु श्रमिकका अधिकार सुरक्षित गर्न सुझाव दिइन् । 

यसअघि कार्यक्रमका बारेमा प्रकाश पार्दै हुनकी अध्यक्ष विन्दु श्रेष्ठले घरेलु श्रमिकहरुले उचित ज्याला नपाइरहेको तथा काम गर्ने समयावधि किटान नहुनु समस्या रहेको बताइन् । उनले जवसम्म संगठित भइन्न तवसम्म घरेलु श्रमिकका समस्या ज्यूँका त्यूँ रहने भन्दै समस्या समाधानका लागि एकजुट हुन आव्हान गरिन् । उनले आइएलओ महासन्धि १८९ अनुमोदन गराउन सरकारलाई दवाव दिन आवश्यक रहेको भन्दै अहिले आफूहरुको अभियान सोही तर्फ केन्द्रीत रहेको बताइन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय