युएईमा झण्डै ३ करोड रकम उठाएर एक नेपाली सम्पर्कविहिन, सहयोग गरिदिन पीडितको हारगुहार  

लक्ष्मण खनाल, दुवई 

युएईमा केहि नेपालीबाट झण्डै १० लाख दिरहम(झण्डै तीन करोड) रकम उठाएर एक नेपाली सम्पर्कविहिन भएका छन् । लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्ष समेत रहेका लक्ष्मण भण्डारी रकम लिएर बेपत्ता भएको भन्दै पीडितहरुले उनको खोजिमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनी विगत चार बर्षयता गुल्मी सेवा समाजका अध्यक्ष थिए । सामाजिक काम गर्ने ६ वटा संस्था मिलाएर लुम्विनि वेलफेयर सोसाइटी गठन गरिएको हो ।  

आफ्नो झण्डै ३ लाख ८० हजार दिरहम(१ करोड ६ लाख बढी) बरावरको मोवाइलको सामान वापतको रकम नतिरी भण्डारी फरार भएको भन्दै सागर पन्तले उनलाई खोजिदिन आग्रह गरेका छन् । उनले युएईमा ‘समाजसेवी’को पहिचान बनाएर करोडौं रकम उठाएर भण्डारी फरार भएको भन्दै सहयोगको आग्रह गरेका हुन् ।

भण्डारी सम्पर्कविहिन भएपछि उनको खोजिगर्दै पन्थ एयरपोर्ट पुगेका थिए । त्यहाँबाट भण्डारी नेपाल उडेको देखिएको पन्थले बताएका छन् । आफूहरुसँग तीन चार बर्षदेखि सम्पर्कमा रहेको र परिवारको सदस्य जस्तै बनेर आफूहरुलाई डुवाएर भण्डारी भागेको पन्थको भनाई छ । ”परिवारको सदस्य जस्तै बनेका थिए, खाना सँगै खान्थे । समाजसेवी पनि भनिन्थे । त्यसैले विश्वास गर्दा हामीलाई चुर्लुम्मै डुवायो” पन्थको भनाई छ । ”बजार त्यस्तै हो, के गर्नु मान्छे चिन्न सकिन्न” पन्थले भने ”उ नेपाल उडेपछि नेपालमा पनि सम्पर्क गर्न खोज्दा उ घर नपुगेको देखिन्छ ।”    

भण्डारीबाट ठगिएको भनिएकी अर्की महिला सीता पाण्डेले आफुसँग १ लाख १० हजार दिरहम(४२ लाख) लिएर फरार भएको दावी गरिन् । ”त्यो पापीले म घरमा बसेर काम गर्ने मान्छेको पैसा खाएर कहाँ गएर लुकेर बसेको छ, त्यसको कहिल्यै भलो हुन्न” उनले फोनमा रुँदै भनिन् ”त्यो पापीलाई जसरी नि फेला परिदिनु प¥यो ।” आफूसहित चार जनाको गरी १० लाख दिरहम उठाएर भण्डारी फरार भएको देखिएको पाण्डेको भनाई छ । 

पाण्डे युएईमा घरेलु कामदारका रुपमा कार्यरत छिन् । उनले भण्डारीलाई युएईमा आएपछि नै चिनेको भन्दै उनलाई समाजसेवी भनेर विश्वास गरेको बताइन् । ”म अहिले बोल्न पनि नसक्ने अवस्थामा छु, खै त्यो मान्छेलाई कसरी खोज्ने हो, जसरी नि खोजिदिनु पर्यो” उनले भनिन् । 

छविलालका भाइ रामु पन्थले युएईबाट दाजु छविलालले भण्डारीको खोजिका लागि प्रहरीमा उजुरी दिन भनेको र आफूहरु त्यसको प्रकृयामा रहेको बताए । उनले पहिले युएईबाट नै दुतावास मार्फत उजुरी पठाउन आफूले आग्रह गरेको र त्यसपछि नेपालमा आवश्यक प्रकृया गर्ने बताए । ठगिको जानकारी पछि आफूहरु भण्डारीकी श्रीमति बसेको ठाउँ पाल्पा पुगेर भेटेको तर उनले आफूसँग पनि कुनै सम्पर्क नरहेको बताएको जनाए ।  

भण्डारीकी आमा गोमा भण्डारीले छोरो आफूहरुसँग सम्पर्कमा नरहेको बताइन् । ”खै नेपाल आइपुगेको भए त हामीसँग सम्पर्क भइहाल्थ्यो, आएकै छैन र त होला”उनले भनिन् । उनले छोरालाई उतै(युएई) कुनै समस्या आइपरेको हुनसक्ने र मान्छेहरुले हल्ला चलाएको हुनसक्ने बताइन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय