मलेसियाबाट २१ नेपालीको उद्धार 

सुदिप निउरे,चैत ११,क्वालालम्पुर 

मलेसियामा जेल सजाय पुरा गरेका २१ जना नेपाली बिभिन्न संघसंस्थाको आर्थिक सहयोगमा नेपाल फर्किएका छन् । अबैधानिक कामदारको अभियोगमा पक्राउ परी जेल सजाए काटी सकेकाहरु घर फर्किन सफल भएका हुन् । 

मलाका घरफिर्ती केन्द्रमा रहेका ७ जना लगाएत अन्य केन्द्रमा रहेका १४ जना गरी कुल २१ जनालाई नेपाल फर्काइएको यहां स्थित नेपाली राजदुतावासले जनाएको छ ।

आर्थिक सहयोग गर्ने संस्था र घर फर्किनेहरुको नाम ठेगाना भने राजदुतावासले खुलाएको छैन । नेपाल तथा मलेसियाका बिभिन्न संघसंस्थाले गरेको आर्थिक सहयोगबाट एकतर्फी हवाई टिकटको ब्यबस्था गरि उनीहरुलाई नेपाल फकाईएको जनाईएको छ । 

गत बर्ष देखि अहिले सम्म १५ महिनाको अबधि भित्र जेल सजाए पुरा गरी घरफिर्ती केन्द्रमा रहेका ४ सय ४८ जनालाई यसैगरी स्वदेश फर्काउन आफुहरु सफल भएको राजदुतावाले जनाएको छ ।

अबैधानिक कामदारको हैसियतमा बस्ने पक्राउ परेमा यहाँको कानुन बमोजिम तीन महिना जेल सजाए हुन्छ । जेल सजाए पाएकाहरुलाई घरफिर्ती केन्द्रमा सारेपछि एकतर्फी हवाई टिकट काट्न सक्नेहरु तुरुन्त घर फर्किन सक्दछन् । आर्थिक अभावमा हवाई टिकट काट्न नसक्नेहरु लामो समय अलपत्र अबस्थामा बस्नु पर्दछ । घरफिर्ती केन्द्रमा भएका अन्य नेपालीहरुलाई पनि  निःशुल्क एकतर्फी हवाई टिकटको ब्यबस्था गर्ने तयारी भैरहेको राजदुतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय