रिंगिटको मूल्य बढ्दो क्रममा रियाल, दिरहम र दिनार पनि थोरै बढ्यो

   

काठमाडौं, चैत्र १०- बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २३ पैसा र विक्रि दर २९ रुपैंयाँ ३९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १४ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५४ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ५९ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ७३ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३५३ रुपैंया २६ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ २१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय