भ्यालेण्टाइन नाइट्समा ‘डान्सर’ र ‘गायिका’ बनाएर युएई ल्याएका को हुन् ती ५ युवती ?

युएई, चैत्र ९- युएईमा साँस्कृतिक कार्यक्रमका नाममा विभिन्न व्यक्तिहरुसँग मोटो रकम लिएर ‘भिजिट भिसा’मा ल्याउने गरिएको खवर सार्वजनिक भएसँगै केहि ‘शंकास्पद कागजात’ फेला परेका छन् । ति कागजात गत फ्रेब्रुवरी महिनामा सम्पन्न ‘भ्यालेन्टाइन नाइट्स’ कार्यक्रमसँग सम्वन्धित छन् । 

सो कार्यक्रमका लागि आयोजकले मुख्य चारजना कलाकारसँगै अन्य ६ जना नेपालीका लागि पनि भिसा निकालेको देखिएको छ । त्यसमध्ये ५ जना युवती छन् जसलाई दुतावासले भिसाका लागि सिफारिस गरेको पत्रमा ‘गायिका’ तथा ‘डान्सर’ भनिएको छ । 

दुबई आएका ति व्यक्तिसँग एकजना बाहेक अन्यसँग प्रतिव्यक्ति ३ लाख लिइएको र एकजनासँग १ लाख ५० हजार लिइएको श्रोतको दावी छ । सबैभन्दा कम तिर्ने युवतीका श्रीमान युएईमै रहेको हुँदा भिसा र टिकट आफैले ब्यवस्था गरेकोले अन्य भन्दा उनले कम पैसा तिर्नु परेको श्रोतको भनाई छ । त्यसरी आएकाहरु हाल युएईमा रोजगारीको खोजिमा भौतारिदै यहाँ रहेका नेपालीहरुसँग सहयोगका लागि पुगेपछि यो खेलका बारेमा जानकारी बाहिर आएको हो । ‘भ्यालेन्टाइन नाइट्स’ कार्यक्रममा अहिलेकी चर्चित नायिका प्रियंका कार्कीसँगै गायक प्रमोद खरेल र हास्य ब्यङय कलाकार जितु नेपाल ‘मुन्द्रे’ले प्रस्तुती दिएका थिए । 

सो कार्यक्रमको आयोजक संस्था ‘क्रिएटिभ युथ’ रहेको थियो । कार्यक्रमका लागि आयोजकको तर्फबाट महेश गिरी र समिम खानले दुबईमा कलाकार ल्याउनको लागि युएईस्थीत नेपाली दुताबासबाट अनुमति लिएका थिए । गिरी प्रबासी मञ्च युएईका उपाध्यक्ष समेत हुन् । मञ्च एमाले निकटको संगठन हो । 

अनुमती प्राप्त गर्नको लागि आयोजकले युवतीहरुको फोटो समेत भएको नक्कली पोस्टर प्रयोग गरेको भेटिएको छ । यसले सो कार्य सुनियोजित रुपमा गरिएको देखिन्छ । यसमा दुतावासको संलग्नता के थियो भन्ने थप अनुसन्धानको विषय बनेको छ । 

यसबारेमा नेपालबाट कलाकारहरु लैजाने संस्था गृष्मा ईन्टरटेनमेण्टका प्रतिनिधिले भने टेलिफोनमा यस बारेमा आफूलाई कुनै जानकारी नभएको र युएईका स्थानीय आयोजकहरुबाट पनि त्यसो गरिएकोमा आफूलाई कुनै विश्वास नभएको बताए । गृष्मा ईन्टरटेन्मेण्टले विभिन्न देशहरुमा कलाकारहरु लगेर  स्थानीय व्यवस्थापक मार्फत कार्यक्रमहरु आयोजना गर्ने गर्दछ । 

दुबईलाई ट्रान्जिट बनाएर विश्वका बिभिन्न देशहरुमा मानव तस्करी हुने गरेकोले नेपाल सरकारले युएई सहितका खाडी राष्ट्रमा भिजिट भिसामा केहि समययता कडाइ गरेको छ । त्यसैले पछिल्लो समयमा युएई आउन विशेष गरी युवतीहरुले मोटो रकम तिर्ने गरेको श्रोत बताउँछ । केहि समय अगाडी सुरु भएको यो तरिका अहिले अझ मौलाएको छ ।  

दुबईको पाँच तारे होटलमा ५० दिरहमको टिकट काटेर दुई देखि तीन सय दर्शकको उपस्थितीमा गरिने कार्यक्रममा नाफा नभए पछी आयोजकहरुले नाफा कमाउने उपाय स्वरुप कार्यक्रमका नाममा मोटो रकम लिएर युवती ल्याउने बाटो रोजेको अनुमान छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय