आजाद भिसाले डुवायो

 

कतार- आफ्नो कारोबार सञ्चालन गरेर बसेका चितवनका युवा व्यवसायी राज देवकोटाको साथमा अरु दुई जना भाई मुन्ताजा छेउ भेटिए । निकै चिन्तित देखिएका ति दुई भाइ मध्येका एकजना रहेछन आइते सिंह ।

नेपालमा मोरंगमा घर भई करीव १० महिना अगाडी सुनौलो सपना बुनेर कमाउन कतार छिरेका उनी अहिलेसम्म कमाई त परै जावोस अवैधानिक कामदार भएर बाँचेका रहेछन, बेखर्ची बनेर भौतारी रहेका रहेछन ।

उनै राज देवकोटाले केहि समयदेखि आफुले आश्रय दिन थालेका भएपनि परदेशको यो लामो बसाईमा बेकाम भएर कहिले यता कहिले उता गरी केहि राम्रोको आशमा हण्डर खेपी रहेका आइते सिंह र उनका साला निरन तामांगसंगै कतार छिरेका रहेछन ।

‘नेपालमा छँदा आजाद भिसा भनेर मैले दुईलाख बीस हजार र मेरो सालो निरन तामांगले अढाई लाख उतै बुझाएर कतार आएको’ चिन्तित मुद्रामा आइतेले भने ‘ब्याजे ऋण काडेर आइयो आजाद भिसा भनेको यस्तो पो हुँदो रहेछ ।’ राम्रो काम समेत मिलाई दिने भनी यी दुई साला भेनासित सन्तोष अधिकारी नामका एजेन्टले नेपालमै ‘आजाद’ भिसाको रकम लिएका रहेछन ।

कतार आएपछि भिसा लगाउने भनेर समेत अलग्गै २६ सय कतारी रियाल बुझेर एजेन्ट सम्पर्क विहिन भएको गुनासो उनको थियो । ‘हामी जस्ता सोझालाई यसरी अलपत्र पारेर सम्पर्कविहिन सन्तोष अधिकारीलाई भेटेर समस्या हल गरी दिनु पर्यो, कहिलेसम्म यो अर्काको देशमा लुकीछुपी बाँच्ने हो सर ?’ आइते सिंहले निन्याउरो भएर आग्रह गरे ।

एजेन्ट भनिएका सन्तोष अधिकारीलार्इ फोन सम्पर्क गर्दा नउठे पछी एसएमएस मार्फत पिडितहरुको भनाई पठाएपछी मात्र उनी सम्पर्कमा आए ।  उनले आफु सन्तोष अधिकारी नै भएको र आइते सिंह र निरन तामांग आफु मार्फत आएका भएपनि यसबारे पछी भेटेर विस्तृत कुरो गर्ने भन्दैै फोन काटे । 

कुनैपनि मानिस रहरले चर्को ऋण बोकेर कमाउन बिदेसिन्न । उसका पछाडीका विविध बाध्यताले मुग्लान पस्न बाध्य तुल्याउँछ । तर जब यस्ता निमुखाहरुको भविष्यमा आँच नै आउनेगरी बिभिन्न प्रलोभनमा पारेर बिदेस पठाइन्छ अथवा ल्याइन्छ र अलपत्र पारिन्छ भने त्यसरी ठगिएकालाई कसरी सहयोग गर्ने ? सन्तोष अधिकारीहरुले ठगे वा ठगेनन् त्यो पछि खुल्ला, तर आइते र निरन जस्ता कुनै काम नजानेका ‘अदक्ष’ युवाहरुलाई अनावश्यक प्रलोभन देखाएर कथित आजाद भिसामा ल्याई न घरको न घाटको बनाउने तत्वहरुलाई कसरी तह लगाउने ? 

आइते र निरन त पात्र मात्र हुन् । खोजी पसे कथित आजाद भिसाका नाममा कतारका गल्लीहरुमा भौतारी रहेका असंख्य आइतेहरु भेटिने छन् । अनि केहि सन्तोष अधिकारीहरु शानको जिन्दगी बिताई रहेका भेटिन्छन । 

यो समाचार मेमनेपाल डटकमबाट साभार गरिएको हो 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय