
जनकपुरधाम, वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका २५ जना नेपाली युवा पक्राउ परेका छन् । त्यसमध्ये १२ जना धनुषाका छन् । सउदीको रूवाफिद अल ट्रोक कम्पनीले कामको लागि अनुमतिपत्र नदिएको र प्रक्रियासमेत पूरा नगराएका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका शिवकुमार मण्डलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनुषाका देवनारायण पासवान, भरोसी मण्डल, लालबाबु सहनी, उत्तिम मण्डल, जीवछ साह, नागेन्द्र महरा, उमेश साह, रामबाबु, रामनारायण यादव, सुलेमान र सुरेश साह रहेका छन् ।
सउदी रियाज अफ अलफर्ज सिसिबलदिया प्रहरीले पक्राउ गरिएकालाई जेल चलान गरिसकेको छ । मण्डलले आफूलगायतलाई प्रहरीले एक महिनादेखि हिरासतमा राखी अनुसन्धान गरिरहेको बताए । रासस