
क्वालालम्पुर- आप्रवासी कामदारले काम गर्न आएको एक बर्र्षभित्रै आफ्नै देशमा भएजस्तो अनुभव गर्ने देशहरु मध्ये मलेसिया तेश्रो नम्वरका रहेको एक अध्ययनले निश्कर्ष निकालेको छ । एचएसबीसी नामको संस्थाले गरेको अध्ययनमा यस्तो देखिएको मलेसियाका सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।
सन् २०१५ मा गरिएको सर्वेक्षणले मलेसियामा काम गर्न आएका मध्ये ६१ प्रतिशत विदेशी कामदारले एक बर्षभित्रै आफू स्वदेशमा नै भएजस्तो अनुभव गर्ने गरेको अध्ययनको निश्कर्ष छ । पहिलोमा बहराईन रहेको छ । जहाँ ६६ प्रतिशत विदेशी कामदारले आफू स्वदेशमा नै भएजस्तो अनुभव गर्ने गरेको अध्ययनको ठहर छ । दोश्रोमा ६३ प्रतिशत सहित भारत परेको छ ।
समाचार अनुसार साथिभाई बनाउन सक्नु नै मलेसियामा स्वदेशमा नै भएजस्तो अनुभव गर्ने पहिलो कारण हो । यसैगरी घरमा हुनेहरुको खुशी नै आप्रवासी कामदारले मलेसियामा बस्दा दिने अर्को खुशीको कारण हो ।
यसैगरी स्थानीय भाषा सहजै बोलचाल गर्नसक्नु तेश्रो कारण रहेको जनाइएको छ । स्थानीय संस्कृतिको बारेमा छिट्टै जानकारी हुनु पनि यसको एक कारक रहेको अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययन एकसय वटा भन्दा बढी देशमा २२ हजार आप्रवासी कामदारसँगको अन्तर्वार्ता गरेर गरिएको मलेसियाको सञ्चार संस्था बनर्माले जनाएको छ ।