दुवईमा समातिएका पत्रकार नेपालको रिहाईका लागि पहल गर्न महासंघको अपिल

काठमाडौं चैत्र २- नेपाल पत्रकार महासंघ कुवेत शाखाको अधिवेशनमा भाग लिन जाने क्रममा युएईको दुवईमा समातिएका र हालसम्म स्थीति सार्वजनिक नगरिएका पत्रकार दामोदर नेपालको रिहाईका लागि पहल गरिदिन नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । 

महासंघका अध्यक्ष महेन्द्र विष्टद्धारा जारी विज्ञप्तीमा नेपालको अवस्था बुझ्न र मुद्धाको प्रकृति हेरी उनको जीवन रक्षा तथा रिहार्ईका लागि पहल गरिदिन परराष्ट मन्त्रालयलाई आग्रह गरेको छ । नेपाललाई यसअघि कुवेत शाखाको अधिवेशनका लागि जाने क्रममा दुवई विमानस्थलबाट पक्राउ गरिएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय