
क्वालालम्पुर- विदेशी कामदारका लागि लगाईंदै आएको लेभी वृद्धि तत्कालका लागि मात्र स्थगित भएको मलेसियाली मानव संशाधनमन्त्री दातुक सेरी रिचर्ड रियोेटले बताएका छन् । संसदमा जवाफ दिने क्रममा मन्त्री रिचर्डले विभिन्न क्षेत्रको सुझाव लिइसकेपछि कति मात्रामा लेभी बृद्धि गर्ने भन्ने निर्णय गरिने बताएको मलेसियाका सञ्चारमाध्यमले समाचार छापेका छन् ।
उनले लेभी बृद्धि गर्दा दुईटा क्षेत्रलाई अलग-अलग रुपमा लागु गरिने बताएका छन् । त्यसका लागि उद्योग, निर्माण तथा सेवा क्षेत्रमा एउटा दरमा लेभी बृद्धि गरिने र कृषि क्षेत्रमा अर्को दर लागु हुने जवाफ दिए ।
उनले विदेशी कामदारको लेभी बृद्धि सरकारको एउटा महत्वपूर्ण योजना रहेको भन्दै योसँगै ठूला कारखानाहरुमा मेसिनको प्रयोग बढाउन पनि मलेसिया सरकारले प्रोत्साहन दिने बताए । उनले लेभी बृद्धिका बारेमा छिट्टै अर्को निर्णय गर्न सुझाव संकलनलाई तिव्र बनाएको बताएका छन् ।