कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, चैत्र १- सोमवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३८ पैसा र विक्रि दर २९ रुपैंयाँ ५४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६८ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ १६ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ३१ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३५५ रुपैंया ७४ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ७५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय