मलेसियामा दुई ठाउँबाट गरी ५ जना नेपाली पक्राउ 

जर्ज टाउन- मलेसियामा अवैधानिक कामदार खोजि तथा पक्राउ अभियान अन्तर्गत १९ जना पक्राउ परेका छन् । त्यसमध्ये ५ जना महिला रहेको समाचार द सनले छापेको छ । मलेसियाको उत्तर पुर्वी क्षेत्रका दुई अलग ठाउँमा सञ्चालन गरिएको अभियानका क्रममा ति व्यक्ति पक्राउ परेको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । 

खोजि अभियानका क्रममा दुई ठाउँमा ४ सय ११ जना व्यक्तिको अनुसन्धान गरिएकोमा १९ जना अवैधानिक रुपमा बसेर काम गरिरहेको फेला परेको उनले बताएका छन् । पक्राउ पर्नेहरुमा बहुसंख्यक म्यानमारका रहेका छन् । त्यसपछि ईण्डोनेसियन नागरिक रहेका छन् । 

पक्राउ परेका १९ जना मध्ये ७ जना म्यानमारका तथा ६ जना ईण्डोनेसियाका छन् भनें पाँच जना बंगलादेशी छन् । यसैगरी एक नेपाली पनि रहेको समाचारमा जनाइएको छ । पक्राउ परेकाहरुलाई पेनाङमा राखिएको समाचारमा जनाइएको छ । 

यसैगरी अर्को ठाउँबाट ४ जना नेपाली र ६ जना बंगलादेशी नागरिक पक्राउ परेको जनाइएको छ । उनीहरु मनोरञ्जनको काममा रहेको र विना भिसा त्यसरी काम गरिरहेको समाचारमा उल्लेख छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय