ईलाम– लक्ष्मीपुर ८ का युवराज पौडेलको बिहान, दिन र साँझ फार्ममा बित्छ । गत वर्षदेखि छ लाखरुपैयाँ खर्चेर गाईफार्म सुरु गरी उनले आम्दानीको बाटो पहिल्याएका हुन् । छ वटा गाईबाट सुरु भएको फार्ममा अहिले १० माउ पुगेका छन् । चार रोपनी जमिनमा फैलिएको पौडेलको गाई फार्मबाट दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध स्थानीय दुग्ध संंस्थामा बिक्री गर्दै आएका पौडेलले बजारको चिन्ता नभएको सुनाए ।
संस्थाले दिने मूल्य खर्च र मेहेनतको आधारमा कम भए पनि निरन्तर रूपमा गर्दा रोजीरोटीको समस्या छैन,’ उनले भने, सबैखर्च कटाएर १५ हजारभन्दा बचत हुँदा सन्तुष्ट छु ।’ पौडेलले मासिक रूपमा दुई जनालाई रोजगारीसमेत दिएका छन् । उनले फार्म खोलेर व्यावसायिक ढंगलेगाई पाल्न थालेपछि घरबारी र जंगल डाले घाँसले ढाकेको छ । होलिस्टेन र जर्सी जातका गाई रहेको फार्ममा पशु चिकित्सक सुविधा लिन भने समस्या रहेको उनी बताउँछन् । उनी जस्तै लक्ष्मीपुरमा धेरै कृषकले परम्परागत शैली छोडदै व्यावसायिक ढंगले गाई फार्म खोलेर आम्दानी बढाउँदै लगेका छन्। ।
कान्तिपुरबाट