मलेसियाको मन्त्रीपरिषदद्धारा विदेशी कामदार लिन रोक्ने निर्णय   

क्वालालम्पुर, फागुन ३० – मलेसिया सरकारले विदेशी कामदार लिन तत्कालै रोक्ने भएको छ । सरकारले तत्कालै देखि लागु हुनेगरी विदेशी कामदार लिन रोक्ने मलेसियाका उपप्रधानमन्त्री दातुक सेरी अहमद हमिद जाहिदीले बताएका छन् । शुक्रवारको मन्त्रीपरिषद बैठकले विदेशी कामदार ल्याउन रोक्ने निर्णय गरेको जानकारी दिंदै जाहिदीले घरेलु कामदार ल्याउन भनें नरोकिने बताएको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । 

जाहिदीले विदेशी कामदार ल्याउन चाहने रोजगारदाताले मलेसियामा नै रहेका कामदारलाई लिनसक्ने बताए । मलेसियाले यहाँ अवैधानिक रुपमा बसेर काम गरिरहेका कामदारलाई ठूलो जरिवाना तिराएर बैधानिक बन्ने अवशर दिएको छ । यसअघि कामदारको लेभी बृद्धि गरेर रकम उठाउने योजना बनाएको मलेसिया सरकारले रोजगारदाताको विरोध पछि सो निर्णयबाट पछि हट्दै ठूलो जरिवाना रकम तिराएर अवैधानिक रुपमा काम गरेर बसिरहेकाहरुलाई बैधानिक बनाउने बाटो खोलेको हो । 

रोजगारदाताहरुले सिक्स पी अन्तर्गत बैधानिक हुने कामदारलाई मात्र नभई सो अन्तर्गत दर्ता नभएकाहरुलाई समेत लिन सक्छन् उनले एक कार्यक्रममा भने । गृहमन्त्री समेत रहेका अहमदले १५ लाख बंगलादेशी कामदार ल्याउने यसअघिको सम्झौता समेत रोकिने सम्भावना रहेको बताए 

उनले अवैधानिक रुपमा काम गरिरहेका कामदारलाई काममा लगाउने रोजगारदातालाई कडा कानूनी कारवाही हुने चेतावनी दिए । उनले त्यस्ता रोजगारदातालाई मानव तस्करीको मुद्धा लाग्ने बताए । 

उनले जुन ३० सम्म आफुसँग काम गरिरहेका अवैधानिक कामदारलाई बैधानिक बनाउन रोजगारदाताहरुलाई अवशर दिइएको भन्दै त्यसलाई अटेर नगर्न चेतावनी दिए । विदेशी कामदार लिन चाहने रोजगारदाताहरुलाई मलेसियन रोजगारदाता महासंघ, मलेसियन ट्रेड युनियन कंग्रेस तथा मलेसियाली उद्योगी संघमा निवेदन दिन उनले आग्रह गरे । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय