
काठमाडौं, फागुन ३०- आइतवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४५ पैसा र विक्रि दर २९ रुपैंयाँ ६१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७५ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ २३ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ३७ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३५६ रुपैंया ६५ पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ ४२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।