
गोपिकृष्ण पंगेनी, युएई
म परदेश पसेको झण्डै १५ वर्ष हुन आँट्यो । परदेशले मान्छेलाई धेरैकुरा सिकाउदोरहेछ । मलाई दुख के हो सिकायो । सुख के हो सिकायो । पारिवारिक विछोड के हो भन्ने चिनायो । समय समयमा घर पुग्दाको अवस्थाको मिलन सिकायो । कानुन नभएको र मनपरितन्त्र अनी दण्डहिनताको समाजमा हुर्केको मलाई अनुशासन सिकायो यहि परदेशले ।
त्यती मात्र होईन दुर्गमता र अशिक्षाले आक्रान्त समाजको मलाई विकास र चेतना सिकायो । विवेक र सहनशिलता सिकायो । गोवर, घाँस र वनपाखा गरेर जीवन धान्नपर्ने समाजको मलाई विकास सिकायो । अनि सिकायो आधुनिकता । सबैभन्दा ठुलोकुरा जीवन संघर्ष हो भन्ने सिकायो।
जे सिकायो राम्रै सिकायो परदेशले । मेरै भलाईको निम्ती सिकायो । कतिपय कुराहरु नचाहदा नचाहदा सिकायो । कतिपय कुराहरु थाहै नपाई सिकायो । जे होस परदेशले मलाई ‘म’ हुन सिकायो ।
(पंगेनी रोजगारीको शिलशिलामा हाल युएईमा छन् । उनका म त परदेशी लगायतका गीत रेकर्ड छन् । पंगेनी युएई लगायतका खाडीका देशमा हुने स्टेज कार्यक्रमहरुमा लोकप्रिय छन् )