नेपाल पत्रकार महासंघ, कुवेतको नयाँ कार्यसमिति चयन 

कुबेत- नेपाल पत्रकार महासंघ, कुबेतको दोश्रो अधिबेशन गत शुक्रबार सम्पन्न भएको छ।  कुबेतको फाहिलमा सम्पन्न दोश्रो अधिबेशनको महासंघका केन्द्रिय सदस्य मोहन सिंह लामाले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । 

अधिवेशनले हरिकृष्ण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको कार्यसमितिको उपाध्यक्षमा नवराज पन्थी, सचिवमा आनन्द आचार्य, सहसचिव इस्टमान वाइवा तथा कोषध्यक्षमा प्रदीप नेपाली चयन भका छन् । 

यसैगरी सदस्यहरुमा लोमस बाँस्तोला, सुरेश गुरुङ, छत्र कार्की, अर्जुन बहादुर बस्नेत, शिवराम पौडेल, डम्मरप्रसाद रिमाल, मनोज काफ्ले, एकराज मल्ल, केदारनाथ खरेल, छाबिराम सुनार, नैनाकला राई, गोपाल शिवा, कोषराज राई र गोबिन्द प्रसाद तिमलसिना छानिएका छन् । यसैगरी कार्यसमितिको सल्लाहकारहरुमा तोयानाथ दाहाल, जय आले, सुजन केसी र इन्द्र प्रसाद भुसाललाई छनौट गरिएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय