जवर्जस्ती बायोमेट्रिक लागु गर्न खोज्दा विरोध 

काठमाडौं– नेपाल स्वास्थ्य सेवा व्यवसायी महासङ्घका पदाधिकारीले महासङ्घले सरकारले दिएको निर्देशनलाई अटेर गर्दै बायोमेट्रिक प्रणाली लागू गर्न खोजेको भन्दै महासङ्घको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा उनीहरुले महासङ्घले बितेको १० वर्षमा रु एक अर्ब बराबरको आर्थिक घोटाला गरेको आरोप महासङ्घका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले लगाए। 

उनले बायोमेट्रिक प्रणाली सेना र प्रहरीमा मात्र लागू गर्न मिल्ने बताउँदै असान्दर्भिकरुपमा महासङ्घमा पनि यो प्रणाली भित्र्याउने कसरत गरिएकाले आफूसहित चारजनाले राजीनामा दिएको जानकारी दिए। उपाध्यक्ष रेग्मीले महासङ्घले आर्थिक हिनामिना गर्ने उद्देश्यले ८४ वटा स्वास्थ्य संस्थालाई नवीकरण नगरेको र उनीहरुबाट रु तीन लाखका दरले रकम असुल्ने गरेको जानकारी दिए। महासङ्घबाट राजीनामा दिने अन्य पदाधिकारीमा केन्द्रीय सदस्य रामहरि थापा, पृथ्वी खड्का र बीना बानियाँ अधिकारी छन्। रासस 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय