झोल साबुन बनाउने तालिम सम्पन्न

काठमाडौं – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ललितपुर जिल्ला कमिटी र नेपाल गृह श्रमिक ट्रेड युनियन ललितपुर उपमहानगर कमिटीको संयुक्त आयोजनामा झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । ललितपुर–८ गुइटोलमा आयोजित तालिममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) संग आबद्ध बिभिन्न घटककासाथै नेपाल गृह श्रमिक ट्रेड युनियनका २७ जना महिला सदस्य सहभागि थिए । 

सो कार्यक्रममा प्रशिक्षक जिफन्ट ललितपुर जिल्ला कमिटीका सदस्य पदमिनि बज्रचार्यले सहभागिहरुलाई साबुन बनाउनको लागि आवश्यक सामाग्रीहरुका बारेमा प्रष्ट पार्दै साबुन बनाउने बिधि सिकाईन् ।  

सो कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण पश्चात नेपाल गृह श्रमिक ट्रेड युनियन केन्द्रिय सदस्य दिलमाया श्रेष्ठ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ललितपुर जिल्ला कमिटी सचिव कल्पना बोगटी र प्रशिक्षक पदमिनि बज्रचार्यले सहभागीहरुलाई प्रमाण–पत्र बितरण गरेका थिए । 

सो कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ललितपुर जिल्ला कमिटी अध्यक्ष मिङमार गोपाल शेर्पाले कार्यक्रमको उदेश्य र जिफन्टको लक्ष्य, उद्धेश्यका बारेमा प्रष्ट पार्दै जिफन्ट सदस्यता बारे प्रष्ट पारेका थिए । उनले सीपको महत्व बारेमा पनि प्रष्ट पारे । तालिम नेपाल गृह श्रमिक ट्रेड युनियन ललितपुर उपमहानगर कमिटीका अध्यक्ष सबुटा महर्जको अध्यक्षता सम्पन्न भएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय