काठमाडौं, फागुन २८- वैदेशिक रोजगार विभागका एक शाखा अधिकृत एक लाख घुस सहित समातिएका छन् । बैदेशिक रोजगार सम्वन्धि एक मुद्धामा अनुसन्धानका लागि थुनामा रहेका व्यक्तिको विवाद मिलाइदिने भनेर घुस लिएको अवस्थामा विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेल पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगद्धारा जारी प्रेस विज्ञप्ती अनुसार उनलाई विभागको बुद्धनगर कार्यालयबाट पक्राउ गरिएको हो । हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यसअघि पनि विभागबाट यसरी नै विभिन्न समयमा घुस खाएको अभियोगमा थुप्रै सरकारी अधिकारीहरु पक्राउ परिसकेका छन् ।
