मातेर केटीसँग ठोक्किंदा बलात्कारको आरोप, परिवारद्धारा उद्धारको अपिल  

सुदिप निउरे , क्वालालम्पुर

मलेसिया प्रहरीको हिरासतमा रहेका जाजरकोटका राम बहादुर बस्नेतलाई उद्धार गर्दिन परिवारजनले अपिल गरेको छ । जाजरकोट साल्मा ५ सोडरीमा खेतीपाती गर्ने बस्नेतका बाबु र आमाले छोराको उद्धारका लागि पहल

 गरिदिन अपिल गरेका हुन । कमाउन भनी मलेसिया गएको छोरो अचानक प्रहरीको फन्दामा परेपछि बस्नेत परिवार चिन्तीत भएको छ । २१ बर्षिय बस्नेत गत जनवरी १० तारीखमा पक्राउ परेका हुन । 

काजाडको कुसुम भन्ने ठाउँबाट पक्राउ परेका बस्नेतलाई स्थानिय महिलामाथी अभद्र ब्यबहार गरेको आरोप लगाईएको उनीसंगै काम गर्ने गोपाल थापाले जानकारी दिए । मदिरा लागेर ज्यान धान्न नसकेका बस्नेत महिलासंग ठोक्किन पुग्दा यस्तो आरोप खेप्नु परेको प्रत्यक्षदर्शी थापा बताउँछन । ‘भाई पक्राउ परेको दुई महिना भैसक्यो, कहाँ छ उ माथी कस्तो मुददा लगाईएको छ वा के हुँदैछ’ भन्नेबारेमा आफुहरु अनभिज्ञ रहेको घरमै रहेका उनका दाजु दिपक बस्नेतले बताए । 

राम बहादुर सेलाङगर राज्यको एलबि आल्मुनियम कम्पनिमा काम गर्दथे । तीन बर्ष पुरा हुन तीन महिनामात्र बांकी हुँँदा उनी पक्राउ परेका हुन । बस्नेतलार्इ प्रहरीले कहाँ कस्तो अवस्थामा राखेको छ भन्नेबारेमा कम्पनिले समेत चासो दिएको छैन । 

राम बहादुर कसरी परे पक्राउ

छुट्टिको दिन जनवरी १० तारीखमा साथीभाईसंगै बाहीर निस्केका बस्नेत मदिरा सेवन गर्न पुगे । होस्टल फर्कने क्रममा स्थानिय एक महिलासंग बाटोमा भेट भयो। ज्यान धान्न नसकी रहेका बस्नेत डिजी सिमकार्ड बिक्री गर्दै हिडेकी तिनै स्थानिय महिलासंग ठोक्किन पुगे ।

संगै रहेका अन्य साथीहरुले महिलासंग माफी मागे तर उनी मानीनन् । उनले प्रहरीमा खबर गरीन, प्रहरी आएर बस्नेतलाई लग्यो । यस बाहेक संगैकाम गर्ने साथीहरुसंग पनि अन्य कुनै जानकारी छैन । महिलाले प्रहरी समक्ष आफु माथि बलात्कारको प्रयास गरिएको आरोप लगाएकी छिन् । 

यो पनि पढ्नुहोस्  

आमा रोइरहेछिन् गाउँमा, छोरो मलेसियामा बेपत्ता (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय