सडकमा थुक्दा ३५ हजार जरिवाना !

कुवेत- सुन्दा पत्यार नलाग्ने कानून कुवेतमा लागु हुने क्रममा छ । यदि तपाईले सडकमा थुक्नु भयो भने १०० केडी अर्थात नेपाली ३५ हजार भन्दा धेरै जरिमाना तिर्न पर्ने हुन्छ । वातावरण सफा र स्वच्छ राख्दै सभ्य नागरिक बनाउन यस्तो कानून लागु गर्न लागिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।  

यसरी नै तपाई चुरोटको अम्मली हुनुहुन्छ भने याद गर्नुस तपाइले सार्वजनिक स्थानमा धुम्रपान गरे समातिनु हुनेछ जेलनेल र डिर्पोट हुन पर्ने हुन्छ र गाडी चलाउदै गर्दा सडकमा तपाईले पिएको चुरोटको ठुटो फ्याक्नु भयो भने फन्दामा पनि पर्नुहुनेछ । 

नयाँ कुवेतको कानूनमा यो प्रकारको काम गरे बापत कस्तो सजाय गर्ने भनेर एकिन भईनसके पनि वातावरण कानून अन्र्तगत १०० केडी जरिवाना तिर्न पर्ने हुन सक्छ । यो कानूनलाई चाँडै नै कडाईका साथ लागु गर्ने तयारी भईरहको कुवेती सञ्चारमाध्यमले समाचार लेखेका छन् । 

नेपालकुवेत डटकमबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय