युएईमा जन्मभूमिको प्रदर्शन 

युएई- स्याङ्जा सहयोग समाज युएइको आयोजनामा मार्च ४ तारिकका दिन वर दुबईमा नेपाली कथानक चलचित्र जन्मभूमिको प्रदर्शन गरिएको छ । यथार्थ नेपाली कथा र बिषयबस्तु समेटिएको मोहन निरौलाको निर्देशनमा रहेको चलचित्रले जन्मभुमि प्रतिको माया र यथार्थतालाई झल्काउन खोजेको छ ।

सुरज गिरिले निर्माण गरेको चलचित्रमा लक्ष्मी शर्मा कार्यकारी निर्माता रहेकी छन् । अम्बिका गिरिको प्रस्तुति रहेको चलचित्रमा कबिता निरौला सह निर्माता छन् । चलचित्रको नायक बिनोद श्रेष्ठ छन् भनें नायिकामा अनु शाह रहेकी छन् ।             

स्याङ्जा सहयोग समाजले आयोजना गरेको सो चलचित्र प्रदर्शनमा विभिन्न संघसस्थाका प्रमुख तथा पत्रकारहरु सहभागि थिए । सो चलचित्र चैत्र १९ गतेदेखि नेपालका हलहरुमा प्रदर्शन हुँदैछ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय