काठमाडौं- श्रमिकको सामाजिक सुरक्षा आफूहरुको प्राथमिकताको विषय भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन् । उनले भूकम्प पश्चात देशमा दक्ष जनशक्तिको खाँचो रहेको भन्दै सो अनुरुपका तालिमको आवश्यकता रहेको पनि औंल्याए ।
नेपाल विजुली, पेन्टर, प्लम्वर, तथा निर्माण मजदुर युनियन(क्यूपेक) नेपालको दोश्रो महाधिवेशन प्रतिनिधि परिषद बैठक तथा सर्लाही जिल्ला कमिटीको नव निर्वाचित भवनको उद्घाटन गर्दै रिमालले निर्माण श्रमिकको योगदानका बारेमा चर्चा गरे । उनले निर्माण श्रमिकको ज्याला बृद्धिका विषयमा आफू लागिपरेको समेत बताए ।
रिमालले सरकारले ७५ वटै जिल्लाका नदीखोलाहरुबाट सरकारी प्रयोजनका लागि मात्र गिट्टी, बालुवा निकाल्न पाउने व्यवस्था गरेको सम्वन्धमा निर्माण श्रमिकको गुनासो आएको भन्दै त्यसलाई सम्वन्धित निकायसम्म पु¥याउने प्रतिवद्धता जनाए । यसअघि क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुुईंटेलले सो विषयमा रिमालको ध्यानाकर्षण गराउादै यसले निर्माण श्रमिकको रोजगारी खोसिएको गुनासो गरेका थिए ।
उद्घाटन समारोहमा विष्णुलाल विश्वकर्मा, गुल्टन चौधरी तथा चित्रकुमारी गुरुङलाई उनीहरुको योगदान स्वरुप सम्मान गरिएको थियो । यसैगरी भवन निर्माणमा महत्वपूर्ण सहयोग पु¥याउने १५ जनालाई पनि सम्मान गरियो । यसैगरी भवन निर्माणमा आर्थिक सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
उद्घाटन पश्चात सुरु भएको महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा अध्यक्ष नरनाथ लुईंटेलले दुई बर्षको साँगठनिक समिक्षा प्रतिवेदन प्रस्तुत गरे । यसैगरी महासचिव मनोहरी शिवाकोटीले आगामी दुई बर्षको कार्यक्रम योजना तथा आर्थिक विभाग प्रमुख कृष्ण बरालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
यसैबीच क्यूपेक नेपालले यसबर्ष महत्वपूर्ण तीनवटा काम गर्ने निर्णय गरेको छ । जस अन्तर्गत आगामी जेष्ठ महिनाको दोश्रो साता मकवानपुरमा राष्ट्रिय महिला भेला आयोजना हुने अध्यक्ष नरनाथ लुईटेलले जानकारी दिए । यसैगरी विभिन्न २० जिल्लाका सहभागिलाई श्रम सम्वन्धि तालिम काठमाडौंमा आयोजना गरिनेछ । सञ्चार सीप सम्वन्धि २० जिल्लाका सहभागिलाई तालिम दिइने क्यूपेक नेपालले जनाएको छ । यसैगरी नारायणी पश्चिम र नारायणी पूर्वमा गरी दुईवटा तालिम नेतृत्व विकास तथा कार्यालय व्यवस्थापन सम्वन्धि सञ्चालन हुने अध्यक्ष लुईंटेलले जानकारी दिए ।
