मलेसियामा नेपालीको ठाउँमा अव श्रीलंकाली: उपगृहमन्त्री मोहम्मद   

क्वालालम्पुर- मलेसियाले दशकअघि देखिको निर्णय परिवर्तन गर्दै यहाँ केवल नेपालीलाई मात्र सुरक्षा गार्डमा राख्ने व्यवस्थामा परिवर्तन गरेको छ । उपगृहमन्त्री नुर जालान मोहम्मदलाई उधृत गर्दै मलेसियाबाट प्रकाशित हुने द सन तथा भारतबाट प्रकाशित हुने ईण्डियन एक्प्रेसले यससम्वन्धि समाचार लेखका छन् । 

मलेसियाले हाल आप्रवासी कामदार मध्ये केवल नेपालीलाई मात्र सुरक्षा गार्डका रुपमा राख्दै आएको छ । यो व्यवस्था सन् २००६ यता कायम छ । मलेसियाको सरकारी तथ्याँक अनुसार झण्डै २४ हजार नेपाली यहाँ सुरक्षागार्डका रुपमा कार्यरत छन् । 

‘हामीले अन्य देशतर्फ पनि अव हेर्नुपर्ने भएको छ जहाँबाट सेनाको पृष्ठभूमिका व्यक्ति सुरक्षा गार्डका रुपमा काम गर्न यहाँ आउन सक्छन्’ मोहम्मदले भनेका छन् ‘त्यसमा श्रीलंका मुख्य हुन सक्छ ।’ हालसम्म नेपालीहरुको गोर्खाली भन्ने परिचयका कारण सुरक्षा गार्डमा उनीहरुलाई प्राथमिकता दिइएको उनले बताएका छन् । 

सेना र प्रहरीको पृष्ठभूमिका मात्र नेपाली सुरक्षा गार्ड पाउन नसकिएको भन्दै मोहम्मदले अव अन्य देशतर्फ पनि हेरिने बताएका हुन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय