विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ 

काठमाडौं- बागबजार स्थित इमिग्रेन्ट कन्सल्टेन्सीका दुई सञ्चालकलाई प्रहरीले  पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि रूस पठाइदिने भन्दै ठगी गर्ने लमजुङका २२ बर्षीय सुजन लम्साल र पाल्पाका २१ बर्षीय प्रमोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बैदेशिक रोजगारीको लागि रुस पठाने भन्दै लमजुङ बेशीसहरका बिष्णुहरि अधिकारी र राजेश अधिकारीसंग पाँच पाँच लाख तथा लमजुङकै दुराडाँडाका साधुराम बसेलसंग १ लाख ५० हजारसहित ११ लाख ५० हजार रुपैयाँ लिएर ठगेका थिए ।

आफूहरु ठगिएको थाहा पाएपछि पीडितले दिएको उजुरीको आधारमा प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । टोलीका अनुसार अनुसन्धान गर्दा ठुलो रकम लिई मेनपावर मार्फत बिदेश पठाउने गरेको थाहा हुन आएको प्रहरीको भनाई छ । 

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय