रवि रोषी, दोहा- विहीवारको साँझ ८ः३० बजे(कतारको समय अनुसार) एसियाली आप्रवासी फुटबल २०१६ अन्तर्गत नेपाल जापानसंग भिड्दैै छ । नेपाली फुटबल टिमका अध्यक्ष सञ्जीव रानाभाटका अनुसार नेपाली आप्रवासी फुटवल टीम त्यसका लागि तम्तयार छ ।
नेपाली फुटबल टिमको स्थापना अघि देखि नै अध्यक्ष रानाभाट लगायत फुटबल प्रेमीहरुले विभिन्न देशसंग खेल्दै आएपछि यसलाई संगठित र सुगठित बनाउन दूतावासमा सूचीकृत भैसकेपछि कतार स्टार लीग, कतार फुटबल एसोसिएसनसंग सहकार्य गर्दै विभिन्न देशका खेलाडीहरुसंग आफ्नो खेल कौशलता प्रदर्शन गर्दै आएको छ ।
नेपालीहरु श्रमिक मात्र होइनन्, उनीहरु खेलप्रेमी पनि हुन् भन्ने पहिचान कतारको खेलकुद क्षेत्र लगायत विभिन्न देशका समुदाय अघि आफ्नो परिचय गराईसकेको स्मरण गर्दै यस बर्षको खेलमा गत बर्षको भन्दा धेरै नै मेहनत गरेर खेलाडीहरु चयन गरी सकेको पनि अध्यक्ष रानाभाटले जानकारी गराए ।
विहिवार साँझ हुने नेपाल तथा जापान वीचको खेल कतारको मेडिकल कमिशन नजिक अल थुमामा अवस्थित टेक्निकल ग्राउण्डमा हुने छ । राष्ट्रिय स्तरमा खेलेर दख्खल राखेका खेलाडीहरुको पनि सहभागीता रहने सो खेलमा दर्शकहरुको मनोबल बढाउन सम्पुर्ण फुटबल खेल प्रेमी नेपालीलाई अध्यक्ष रानाभाटले उपस्थिती भईदिनको लागि आग्रह गरेका छन् ।
