काठमाडौं, फागुन २०- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिददर २९ रुपैंया ६२ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ७८ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ३७ पैसा र विक्रि दर २९ रुपैंयाँ ५३ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ७६ पैसा र विक्रि दर २८ रुपैंयाँ ९२ पैसा छ ।
मलेसियन रिंगेटको खरिददर २५ रुपैंयाँ ९० पैसा तथा विक्रिदर २६ रुपैंयाँ ४ पैसा छ । केहि समययता २६ रुपैंयाँ भन्दा माथि रहेको रिंगिटको मूल्य फेरी केहि घट्दैै गएको छ । यसैगरी कुवेती दिनारको खरिददर ३५८ रुपैंयाँ ७२ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८६ रुपैंयाँ १२ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।
