‘टिम्सको रकममा भएको भ्रष्टाचार छानविन हुनुपर्छ’ 

काठमाडौं, फागुन १९- युनिट्राभका महासचिव सुमन पराजुलीले टानले उठाउँदै आएको टिम्सको रकममा व्यापक भ्रष्टाचार भइरहेको भन्दै त्यसको छानविनका लागि पहल गर्न आग्रह गरेका छन् । पर्यटकहरुसँग उठाउँदै आएको रकममा व्यापक भ्रष्टाचार भइरहेको भन्दै पराजुलीले त्यसलाई रोक्न पर्याप्त आवाज नउठेको बताए । 

एक्सो डस ट्रेकिङ एण्ड एक्सपिडिसन प्राली(प्रतिष्ठान स्तरको ट्रेड युनियन) को चौथो अधिवेशनको उद्घाटन गर्दै पराजुलीले यसका बारेमा पर्यटन क्षेत्रसँग सम्वन्धित कम्पनी सञ्चालकहरुले खोजीनिति गर्नुपर्ने बताए । उनले पर्यटन क्षेत्रका श्रमिकले पनि यसका बारेमा चासो राखेर आवाज उठाउन आग्रह गरे । 

यसैगरी उनले श्रमिकको सामाजिक सुरक्षा कम्पनिले ग्यारेन्टि गर्नुपर्ने भन्दै श्रमिकको चार लाखको स्वास्थ्य बीमा र १० लाखको दुर्घटना बिमा गर्नु पर्ने कम्पनीको दायित्व भएको बताए । उनले श्रम ऐनको सबै कम्पनीले अनिबार्य रुपमा पालना गर्नु पर्ने भन्दै कामदारले पनि अनुशासित भएर कम्पनीले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 

अधिवेशनले रन्त बहादुर मगरको नेतुत्वमा नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा पेमा नुरु शेर्पा, सचिवमा ङिमा शेर्पा, सह–सचिवमा फुर्बा शेर्पा तथा कोषाध्यक्षमा पेम्बा छिरिङ भोटे चयन भएका छन् । कमिटीको सदस्यमा मिङमार शेर्पा, इन्द्र सुनुवार, टीका तामाङ, पेम्बा शेर्पा, गणेश दाहाल चयन भएका छन् । यसैगरी जिफन्ट प्रतिनिधिमा ङिमा ओङछु शेर्पालाई चयन गरिएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय