काठमाडौं, फागुन १९- बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८१ पैसा र विक्रि दर २९ रुपैंयाँ ९७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४ पैसा भनें विक्रि दर २६ रुपैंयाँ १८ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३६१ रुपैंया ५ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ ८८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
