युएईका नेपाली सहकारीहरु संगठित

दामोदर दाहाल, युएई

युएईमा विभिन्न उद्धेश्यले खोलिएका सहकारीहरुको छाता संस्थाका रुपमा ूनेपाल सहकारी संघ युएई स्थापना गरिएको छ । प्रवासमा दिनानुदिन सहकारिको स्थापना हुने लहर चलिरहेको र यसलाई ब्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै संघ गठन गरिएको हो । संघमा युएईमा रहेका १५ ओटा भन्दा बढी बचत तथा ऋण समुह सहभागि छन् ।  

स्थापना पश्चात छरिएर रहेको बचत सङ्कलनलाई व्यवस्थित गर्ने र दीर्घकालीन लगानीमा प्रोत्साहन गर्ने, बचतकर्तालाई सहकारी सम्बन्धि ज्ञान प्रदानगर्ने संघको योजना छ । नेपाल सहकारी संघ युएईको तर्फबाट सह सयोजक सुत्रमणि दुमी राई तथा प्रवासी हातेमालो बचत तथा ऋण सहकारी सस्थाका  निवर्तमान अध्यक्ष रामकुमार चाम्लिङले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सस्थाका अध्यक्ष, कार्यकारी प्रमुख सहितको उपस्थितिमा प्रबासमा गठित सहकारीहरुलाई व्यवस्थितरुपमा लगानी गर्न अभिप्रेरित गर्न नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको सहयोगको जिज्ञासा राखेका छन।

प्रवासमा रहेका सहकारीलाई ब्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै सबै बचत समुहहरुलाई सहकारीको एउटै छातामुनी संगठित गर्ने र सबै बचत संस्थाको समान उदेश्य बनाउदै यसको दिर्घकालिन ठोस सहकारी नीति अन्तर्गत बचतमा प्रोत्साहन गर्न तथा बिशेष लगानीको योजना सहित प्रबासमा स्थापित नेपाल सहकारी संघ युएईले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीको कार्यालयमा पुगी सहकार्य, सहजता र दीघकालीन योजनामा सहयोग गर्न संघ गठन गरिएको हो । यसैगरी सहकारी ऐन मार्फत सबै बचतकर्ताको लगानीलाई सुरक्षितरूपमा लगानी गर्न पहल गर्न आग्रह गर्दै एक टोलीले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका अध्यक्ष ऋषिराज घिमिरेलाई ज्ञापन पत्रसमेत बुझाइयो । 

ज्ञापनपत्र पछी प्रवासमा सञ्चालन भएको सहकारी र यसको भविष्यका बारेमा छलफल गर्दै प्रवासमा सञ्चालनमा भएका सहकारीहरुलाई सस्थागत गर्न र अन्य सस्थाहरुलार्इ पनि आवश्यक पर्ने सहयोग गर्न केन्द्रीय सहकारी संघ तयार रहेको संघका अध्यक्ष ऋषिराज घिमिरेले बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय