कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, फागुन १७ – सोमवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर ३० रुपैंयाँ ७ पैसा र विक्रि दर ३० रुपैंयाँ २४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९८ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३६ रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ भनें विक्रि दर २६ रुपैंयाँ १४ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३६४ रुपैंया ५७ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ४५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय