१० दिनमै २ हजार कामदारको माग

काठमाडौ- कोरियाले १० दिनको अवधिमा झन्डै २ हजार नेपाली कामदारको माग गरेको छ । ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को श्रमसम्झौता फेब्रुअरी १७ देखि दिन सुरु गरेको थियो ।

ईपीएस कोरिया शाखाका अनुसार कोरियाका विभिन्न रोजगारदाताले फेब्रुअरी २७ सम्म १ हजार ९५० नेपाली कामदारलाई श्रमसम्झौता दिइसकेका छन् । त्यसमध्ये १६४ कामदारले भिसा पाइसकेका छन् । ३ जना कामदारको भिसा अस्वीकृत भएको शाखाको वेबसाइटमा उल्लेख छ ।

यसैबीच दक्षिण कोरियाले क्षयरोग (टीबी) रोग लागेका नेपाली कामदार नलैजाने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले कामदार लिनुअघि क्षयरोग (टीबी) रोग लागे वा नलागेको अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

कोरियाको मानव संशाधन विकास (एचआरड) ले ईपीएस प्रणालीको नियम केही संशोधन गर्दै नेपाली कामदार पठाउनुअघि टीबी रोगको परीक्षण गर्न ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ । मार्च २ देखि अनिवार्य रूपमा टीबीको जाँच गरेर कामदार पठाउनुपर्ने भएको छ ।

शाखाले पनि टीबी परीक्षण गर्नका लागि ४ वटा अस्पताल तोकेको छ । सरकारले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, शुक्रराज ट्रपिकल अस्पताल टेकु, पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल र कोरिया–नेपाल मैत्री अस्पताल ठिमी भक्तपुरबाट टीबी परीक्षण गर्नुपर्ने भएको छ । यीबाहेकका मेडिकलबाट परीक्षण गरेको टीबी रोगको प्रमाणपत्रलाई ईपीएसले मान्यता नदिने भएको छ ।

कोरिया भाषा परीक्षा उतीर्ण भई श्रमसम्झौता आएका नेपाली कामदारले कामदार भिसा प्रमाणपत्र निश्चित (सीसीआईभी) जारी गर्नुअघि टीबी नलागेको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ । “मार्च २ देखि सीसीआईभी फर्म भर्नुअघि नेपाली कामदारले अनिवार्य रूपमा स्वस्थ्य परीक्षण गनुपर्छ,” शाखाले विज्ञप्ति जारी गरेर भनेको छ, “त्यसपछि सक्कल प्रमाणपत्रसमेत सीसीआईभी फर्मका साथ अनिवार्य रूपमा पेस गर्नुपर्छ ।”

स्वास्थ्य परीक्षण प्रमाणपत्रको प्रति आफू कोरिया जाँदा समेत लैजानुपर्ने व्यवस्था पनि ईपीएसले गरेको छ । “क्षयरोग परीक्षण नगराएका व्यक्तिहरुको सीसीआभीआई फर्म सिधै अस्वीकृत हुन्छ,” ईपीएसले भनेको छ, “त्यही कारण अबको ३ दिनपछि अनिवार्य टीबी रोग परीक्षण गर्नुपर्छ ।” टीबी सरुवा रोग भएकाले त्यहाँ समस्या पर्ने डरले ईपीएसको नियममा परिवर्तन गरिएको हुन सक्ने शाखाले जनाएको छ ।

यसअघि कोरियाले भाषा परीक्षा उत्तीर्ण भएपछि कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो । कामदारको स्वास्थ्य परीक्षणको अवधि १ वर्षको थियो । यो अवधिभित्र नेपाली कामदार जान नसके पुनः स्वास्थ्य परीक्षण गर्नुपर्छ । कोरियामा झन्डै ३२ हजार नेपाली कामदार ईपीएसमार्फत गएका छन् ।

कारोवार दैनिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय