
जेद्धा- तपाई साउदी अरवमा कार्यरत हुनुहुन्छ ? अनी कुनै सार्वजनिक कार्यका लागि चन्दा उठाउने गर्नुभएको छ की ? यदि छ भनें त्यस्तो काम गर्दा फसिने भएको छ । अनुमति विना त्यसरी साउदमिा चन्दा उठाएमा धेरै प्रकारका जरिवाना, जेल वा देश निकाला हुनसक्ने छ ।
अल अरव अनलाइनका अनुसार साउदीको कानून अनुसार सरकारी अनुमति विना चन्दा उठाउनु गैरकानूनी काम हो । यहि कुरालाई साउदीमा धेरैपटक छलफल पश्चात यहि मंगलवारदेखि कानूनमा समेटिंदैछ ।
कानून अनुसार कुनै व्यक्तिले सरकारी ईजाजत विना कुनै रकम संकलन गरेमा ६ महिना देखि दुई बर्षसम्म जेल सजाय हुन सक्नेछ । यसैगरी त्यस्ता आप्रवासी कामदारलाई कानूनी सजाय पश्चात स्वदेश फिर्ता गरिनेछ ।
यसरी कानूनको उल्लंघन गर्नेहरुलाई ५ लाख साउदी रियालसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था गरिएको छ ।