यस कारण नपठाउ साउदीमा घरेलु महिला कामदार ….. 

काठमाडौं- गैर आवासीय नेपाली संघ(एनआरएनए), साउदी अरवले एक विज्ञप्ती मार्फत हालकै अवस्थामा साउदी अरवमा घरेलु कामदारका रुपमा महिलालाई नपठाउन आग्रह गरेको छ । हाल नेपाल सरकारले साउदी अरवमा घरेलु महिला कामदार पठाउने सम्वन्धि सम्झौता गर्न लागिरहेको अवस्थामा एनआरएनएले विभिन्न तर्क सहित तत्काल घरेलु महिला कामदार नपठाउन आग्रह गरेको हो । 

गैर आवासीय नेपाली संघ, एनआरएनए साउदीद्धारा जारी विज्ञप्तीमा विविध समस्याहरुको फेहरिस्ता प्रस्तुत गर्दै ति समस्याका बावजुद महिलालाई पठाउनु भनेको जानाजान समस्यामा धकेल्नु भएको तर्क गरेको छ । 

हाल साउदीमा घरेलु काम गर्न जान नेपाली महिलालाई रोक लगाइएको भएपनि भारत लगायतका देशको बाटो भएर गइरहेको तर उनीहरु समस्यामा रहेको भन्दै साउदी अरवमा घरेलु काममा महिला नआउनु नै उचित रहेको संघले निश्कर्ष निकालेको छ । 

संघले मुख्य रुपमा साउदी अरवमा दुई प्रकृतिका समस्या रहेको विज्ञप्ती मार्फत उल्लेख गरेको छ । पहिलोमा रोजगारदाताहरुबाट निम्त्याइएको समस्या उल्लेख छ । राहदानी घर मालिकको कव्जामा रहनु, लामो समयसम्म काम गर्नुपर्ने, घरेलु श्रमिकलाई आप्रवासी श्रमिककको मान्यता नदिइनु मुख्य समस्याका रुपमा संघले चित्रण गरेको छ । यसैगरी शारिरीक एवं मानसिक शोषण, बाध्यात्मक श्रमिकको रुपमा काम गर्नुपर्ने, पर्याप्त मात्रामा खान समेत नदिने लगायतका समस्या विज्ञप्तीमा उल्लेख गरिएको छ । 

साउदीमा भइरहेको महिला कामदारको किनबेचलार्ई रोक्न त्यहाँ रहेका नेपाली तथा भारतीय दलालहरुलाई खोजि खोजि कारवाही गर्न संघले माग गरेको छ । यसैगरी कुवेतबाट साउदीमा स्थानान्तरण गरी घरेलु काममा महिलालाई लैजाने गरिएको भन्दै त्यसलार्ई रोक लगाउन समेत संघले माग गरेको छ । 

संगठित क्षेत्रमा जस्तै दिनमा ८ घण्टा र हप्तामा ६ दिन मात्र काम गर्नुपर्ने र स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउने अवस्था भएमा मात्र महिलालाई साउदीमा घरेलु काममा आउन दिन अन्यथा यस प्रकृयालाई अगाडी नबढाउन संघले माग गरेको छ । 

 पढ्नुहोस् संघको विज्ञप्ती       

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय