मलेसियाको नेपाली दुतावासले रोक्यो मागपत्र प्रमाणीकरण गर्ने काम 

सुदीप निउरे , क्वालालम्पुर

मलेसियास्थित नेपाली राजदुतावासले  तत्कालका लागी कामदारको मागपत्र प्रमाणीकरण गर्ने काम रोकेको छ । एक सुचना जारी गर्दै राजदुतावासले प्रमाणीकरण गर्ने काम रोकेको जानकारी दिईएको हो । कहिले सम्मका लागी काम रोकीएको हो भन्नेबारे केहि पनि खुलाईएको छैन् । राजदुतावासका प्रवत्ता एवं दितीय सचिब उत्तम शाहीले केही समयका लागी मागपत्र प्रमाणीकरण गर्ने काम रोकीएको स्पष्ट पारे । मलेसियाले बिदेशी कामदार नलिने भनि घोषणा गरेपछि मागपत्र प्रमाणित गर्दा यहां आउन ठिक्क परेकाहरुलाई असर पर्न सक्ने भएकाले प्रमाणीकरणको काम रोकीएको शाहीले बताए । अहिले मागपत्र प्रमाणिकरण गर्दा मलेसिया आउने तयारी गरिरहेकाहरु लामो समय कुर्न बाध्य हुन सक्ने कुरालाई मध्यनजर गरि काम रोकीएको शाहीले जानकारी दिए ।  कस्तो कामको लागी कामदारको माग गरीएको हो भन्नेबारे  प्रमाणीकरण गर्ने काम राजदुतावासले गर्ने गर्दछ । यहांस्थित नेपाली राजदुतावासबाट दैनिक ५ देखि १० जनाको मागपत्र प्रमाणीकरण हुदै आएकोमा अहिले त्यो बन्द भएको हो । गत असार यता नेपाल सरकारले फ्रि भिसा फि टिकट लागु  गरेपछि मागपत्र प्रमाणीकरण गर्ने काम ह्वात्तै घटेको राजदुतावासस्रोतले जनाएको छ । 

मलेसियामा धरपकड जारी

मलेसिया सरकारले अबैधानिक कामदारलाई समात्नेक्रम पनि जारी राखेको छ । बैधानिक बन्ने प्रक्रिया खुल्ला गरिएपनि अबैधानिक कामदार धरपकड गर्ने काम सरकारले जारी राखेपछि यहांका मानवअधिकारवादीहरुले त्यस्को बिरोध गरेका छन् । प्रक्रियामा आउ, बैधानिक बन, भनेर अवसर दिए जस्तो गरी धमाधम पक्राउ गर्नु जायज नभएको मानवअधिकारवादी संस्था तेनागानिताको तर्क छ । सरकारले बैधानिक बन्न अबसर दिएपछि धरपकड नगरी प्रक्रियामा आउन दिनु पर्ने तेनागानिताको माग छ । यसै साता मात्रै मलेसियाका छुट्टा छुट्टै ठाउबाट नेपाल लगाएत बिभिन्न मुलुकका सयौ अबैधानिक आप्रवासी कामदार समातिएका थिए । 
यसैबिच मलेसियाका रोजगारदाता कम्पनिहरुले सरकारले बिदेशी कामदार नलिने भनि गरेको घोषणा पुर्नबिचार गर्न माग गर्दै आएका छन् । सरकारको निर्णयले सबै क्षेत्रमा कामदारको अभाब सृजना हुने भन्दै रोजगारदाताले घोषणा पुर्नबिचार गर्न सुझाब दिएको मलेसियन सन्चार माध्यमले जनाएका छन् । आप्रवासी कामदार नियन्त्रणको सन्र्दभमा पछिल्लो समय मलेसिया सरकार कडारुपमा प्रस्तुत भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय