विदेशीले गर्ने काम गर्न मलेसियन नै सक्षम छन्ः दातुक वर्दान 

क्वालालम्पुर – मलेसियामा आप्रवासी कामदारले गरिरहेको सवै प्रकारको काम गर्न मलेसियन नागरिक नै सक्षम रहेको मलेसियन रोजगारदाताहरुको महासंघ एमईएफका कार्यकारी निर्देशक दातुक शमसुद्धिन वर्दानले बताएका छन् । 

उनले मलेसियामा आप्रवासी कामदारहरु केवल अप्ठ्यारो काममा मात्र नरहेको भन्दैै विभिन्न कम्पनी तथा व्यवसायहरुमा सहज काममा पनि रहेको बताए । उनले क्यासियर, होटलहरुको रिसेप्सन, हाईपर मार्केट जस्ता ठाउँमा समेत विदेशी कामदारले अवशर पाइरहेको भन्दैै त्यस्ता काममा स्वदेशीलाई अवशर दिइनुपर्ने बताए । 

उनले यसका लागि मलेसियन नागरिकले विदेशी कामदारसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए । यसका लागि विदेशी कामदारले रोजगारी खोसिदिएको गुनासोमा मात्र गरेर नपुग्ने उनको भनाई छ । हाल कुकको रोजगारीका लागि आवहान गर्दा कोहि पनि स्थानीय नागरिक तयार नहुने भन्दैै पहिले त्यसका लागि काम गर्न तयार हुनुपर्ने उनको भनाई थियो ।

स्थानीय नागरिकलाई स्वदेशको कठिन काममा आकर्षित गर्न जापान तथा दक्षिण कोरियामा आकर्षकक तलव दिने गरिएको भन्दै मलेसियामा पनि सोही प्रकारको सेवा सुविधा दिन आवश्कय रहेको वर्दानले बताए  । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय