मलेसियामा पक्राउ परे नेपाली कामदार

क्वालालम्पुर, फागुन ८- मलेसियाको पेनाङमा अवैधानिक रुपमा बसिरहेका केहि नेपाली सहित ३९ जना आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियाको सञ्चार माध्यम द सनका अनुसार त्यसरी पक्राउ पर्नेहरुमा नेपालीसँगै म्यानमार, ईण्डोनेसिया तथा बंगलादेशीहरु रहेका छन् । 

पेनाङ अध्यागमन विभागका अनुसार अवैधानिक रुपमा बसिरहेका विदेशी कामदार खोज्ने अभियान अन्तर्गत चार घण्टा लामो अभियानमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई शुक्रवार राती पक्राउ गरिएको विभागले जनाएको छ । विभागका सहायक निर्देशक अव्दुल रहमान हसनका अनुसार पक्राउ परेकाहरुसँग मलेसियामा बस्ने कुनै आधिकारीक कागजपत्र छैन । उनीहरुलाई हाल थुनामा राखिएको उनले बताएका छन् । सरकारी अधिकारीका अनुसार उनीहरुले पेनाङका दुईवटा कारखाना तथा अर्को एक कार्यालयमा आकस्मीक निरिक्षण गरेका थिए र सोही क्रममा ति व्यक्ति पक्राउ परेका हुन् । 

यसैगरी शनिवार सञ्चालन गरिएको निरिक्षणका क्रममा अवैधानिक रुपमा बसिरहेका अन्य १४ जना पक्राउ परेका छन् । तर त्यसमा भनें कोहि पनि नेपाली नरहेको समाचारमा उल्लेख छ । समाचार अनुसार त्यसरी पक्राउ पर्नेहरु बंगलादेश, ईण्डोनेसिया, म्यानमार तथा पाकिस्तानका रहेका छन् । हालै मलेसिया सरकारले तत्कालका लागि आप्रवासी कामदार ल्याउन रोक्ने र मलेसियामा अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारको खोजतलाश गर्ने अभियान सञ्चालन गरिने बताएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय