
सोल- ईपीएस प्रकृया मार्फत रोजगारी गर्न कोरियाएका एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका छन । ४ बर्ष अघि यहाँ आएका स्याङजाका २४ बर्षिय गणेशराज चापागाई कम्पनि नजिकै रुखको हाँगामा झुन्डीएको अवस्थामा मृत फेला परेका हुन ।
खोन्याङस्थित अटोमोबाइल कम्पनीमा कार्यरत चापागाई बुधबार दिउँसोबाट हराएका थिए भने राती कम्पनि नजिकैको रुखमा झुण्डीएको अवस्थामा फेला परेका थिए । त्यहाँ कार्यरत नेपालीहरुका अनुसार चापागाईले छोटो नोट लेखेका छन ।
स्थानीय सुनछाङ प्रहरीले सोलस्थित नेपाली दूताबासलाई घटनाको प्रारम्भिक जानकारी गराएको छ । दूताबासका एक अधिकारीका अनुसार उक्त कम्पनीमा अरु १२ नेपाली कामदार कार्यरत छन । अबिबाहित चापागाई केहि महिना अघि बिदामा घर गएर फर्केका थिए । दुताबासका श्रम सहचारी अनिल गुरुङले घटनाको विवरण परराष्ट्र मन्त्रालयमा बिहिबार नै पठाई सकिएको र घटनास्थलमा भोलि जाने बताए ।
फोनिजकोरियाबाट