विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई खाद्यान्न सहयोग  

साउदी अरब- पारिश्रमिक नपाएर साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ । साद सह्मी अल हाज्री कम्पनीमा कार्यरत नेपालीलाई साउदीमा क्रियाशील नेपाली संस्था लुम्बिनी प्रवासी सम्पर्क मञ्चले शुक्रबार दमामस्थित सो कम्पनीको आवास क्षेत्रमा पुगेर राहत सामग्री प्रदान गरेको हो । 

मञ्चले पीडित नेपालीका लागि १ सय ६० केजी चामल, ६० केजी दाल, ७५ केजी पिठो, २० केजी आलु, १५ केजी प्याज, १८ लिटर तेल, तरकारीलगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । राहत सामग्री मञ्चका अध्यक्ष मनोज विष्ट तथा महासचिव प्रेम भण्डारीले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।  

पारिश्रमिक नपाएकै कारण पीडित नेपाली भोकभोकै बस्न नपरोस भन्ने उद्देश्यले राहत सामग्री प्रदान गरिएको मञ्चका कोषाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिए । काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत नेपाली कामदार भोकभोकै बस्नुपरेको समाचार प्रकाशित भएपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सामग्री सहयोग गर्न थालेको हो । चार महिनादेखिको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत तीनसय नेपाली बिचल्लीमा परेका हुन् । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय