क्वालालम्पुर- मलेसिया सरकारले तत्कालका लागि विदेशी कामदार ल्याउन स्थगन गर्ने घोषणा गरेसँगै यसले स्थानीय उद्योगी व्यवसायीको टाउको दुखाई सुरु भएको छ । सरकारका उपप्रधानमन्त्री दातुक सेरी अहमद हमिद जाइदीले शुक्रवार यो घोषणा गरेका थिए ।

सरकारी निर्णयपश्चात मलेसियाका उद्योगीहरुको संस्था फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरले एक विज्ञप्ती जारी गर्दै यसले आफूहरुलाई चिन्तित बनाएको जनाएको छ । महासंघका तर्फबाट अध्यक्ष दातुक सेरी चु बुनले आफूहरुले जहिले पनि मलेसियन नागरिकलाई रोजगारीमा प्राथमिकता दिइरहेको स्पष्ट पारेका छन् । उनले आफूहरुले सरकारले अघि सारेको स्थानीयलाई रोजगारीमा प्राथमिकताको नीति कार्यान्वयनमा ल्याइरहेको समेत बताएका छन् । विदेशी कामदार ल्याउनु अघि सो काममा मलेसियन नागरिकको रुची परिक्षण गर्ने गरिएको समेत उनले बताएका छन् । 

तर गाह्रो तथा थोरै कमाई हुने काममा स्थानीय नागरिकको रुची नहुने गरेको र सोही प्रकृतिको रोजगारीमा विदेशी कामदार ल्याइने गरेको विज्ञप्तीमा जनाइएको मलेसियाको सरकारी सञ्चारमाध्यम बनार्माले समाचार लेखेको छ । विदेशी कामदार ल्याउन धेरै समय स्थगन गरिएमा यसले अप्ठ्यारो पार्ने भन्दै स्थगन कहिलेसम्म हो प्रष्ट पार्न सरकारलाई उद्योगीले आग्रह गरेका छन् । उनीहरुले विदेशी कामदार रोक्ने निर्णयले मलेसियाको आर्थिक व्यवस्थामा प्रभाव पार्नु अगाडी नै यसका बारेमा सोच्न समेत आग्रह गरेको समाचारमा जनाइएको छ । 

कतिपयले यसअगाडी नै कामदार मगाउन अनुमति लिइसकेका छन् भनें कतिपय प्रकृयामा रहेका र कतिपय मलेसिया उड्ने अवस्थामा रहेको हुँदा यो निर्णयका बारेमा सरकारले थप प्रष्ट पार्नुपर्ने नीजि क्षेत्रको माग छ । 

सरकारको यो निर्णय सार्वजनिक हुनु ठिक एक दिन अगाडी विहिवार मात्र बंगलादेश र मलेसियाबीच ३ बर्ष भित्रमा १५ लाख बंगलादेशी कामदार ल्याउने सम्झौता भएको समाचार बंगलादेश र मलेसियाका सञ्चार माध्यमले समाचार लेखेका थिए । 

यो पनि पढ्नुहोस्  

मलेसियामा मासिक ८ सय रिंगिटमा १५ लाख बंगलादेशी कामदार ल्याउने सम्झौता 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय